गगन थापाको घरमा ढुंगामुढा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घरमा पनि ढुंगामुढा प्रहार भएको छ । सोमबार प्रदर्शनकारीले कमलपोखरीस्थित थापाको घरमा पुगेर प्रदर्शन गरिरहेका हुन् ।

जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।

Share News