रास्वपा सांसद डा. तोसिमा कार्कीले दिइन् राजीनामा

काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्कीले सांसद पदबाट राजीनामा दिएकी छिन् । 

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद पदबाट हट्ने घोषणा गरेकी छन् ।

उनले आफू जेनजीको पक्षमा रहेको र २०७९ सालमा निर्वाचित सांसद नरहेको घोषणा गरेकी हुन् ।

‘म आधिकारीक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११ः५५ बजे देखिनै यो अपराधि र संवेदनाहिन सरकारको कटपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु,’ उनले लेखेकि छिन् । 

Share News