ओलीले बोलाए सर्वदलीय बैठक, वार्तामार्फत अघि बढ्न अपिल

काठमाडौं । राजधानीसहित देशका विभिन्न भागमा हिजो भएका प्रदर्शन र त्यसपछिका घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर चासो व्यक्त गरेका छन्। 

उनले कुनै पनि प्रकारको हिंसा राष्ट्र र जनताका हितमा नहुने भन्दै शान्तिपूर्ण तरिकाले संवादमार्फत समाधान खोज्न सबैलाई आग्रह गरेका छन् ।

ओलीले मंगलबार एक वक्तव्य जारी गर्दै भने, ‘राष्ट्रलाई थप अस्थिरतामा धकेल्ने हिंसात्मक गतिविधि भन्दा सहमति, संवाद र परिपक्व राजनीतिक व्यवहार नै हाम्रो अपनाउनुपर्ने बाटो हो ।

ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । उक्त बैठकले आगामी कदमबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।

साथै उनले सम्पूर्ण नेपालीहरूलाई यस विषम परिस्थितिमा संयम रहन पनि अनुरोध गरेका छन् ।

null

 

Share News