सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड

काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले आज सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरी मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् । 

प्रदर्शनकारीहरू कार्यालयको परिसरमा प्रवेश गरी मुख्यमन्त्रीको सरकारी सवारीसाधनमा तोडफोड गरेका हुन् । 

सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुँदाहुँदै प्रदर्शनकारीहरू भवनसम्म प्रवेश गर्न सफल भएका थिए।

घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ । 

Share News