युलेन्स स्कुलमा आगजनी

काठमाडौं । जेनजी प्रशर्दनकारीहरूले युलेन्स स्कुलमा आगजनी गरेका छन् ।  आरजु राणा देउवा अध्यक्ष रहेको ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी गरेको विद्यालयका प्रधानाध्यापक मेदिन लामिछानेले बताए ।

विकासन्युजसँगको कुराकानीमा प्रधनाध्यापक लामिछानेले भने, ‘आगो लागिरहेको छ, हामी हेरेर बसिरहेका छौं, गर्न सकिने अवस्था केही छैन ।’उनले दमकल समेत प्रदर्शनकारी आउन नदिएको बताए । जुद्ध बारूण यन्त्र कार्यालय र दमकललाई खबर गरेपनि पुग्न नसकेको बताए। विद्यालय भवनमा अहिले आगो दन्की रहेको छ ।

Share News