काठमाडौं । धनगढीमा रहेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् ।
नयाँ पुस्ताका युवामाथि प्रहरीले गरेको दमनको विरोधमा मंगलबार देउवाको निवासमा जेनजीले ढुङ्गामुढा गरेका हुन् । अहिले देशभरका विभिन्न स्थानमा जेनजीका प्रदर्शनहरू जारी छन् ।