काभ्रेपलाञ्चोकमा पनि लगाइयो कर्फ्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसो करिब १२:१५ बजेदेखि कर्फ्यु लागू भएको हो ।

बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु जारी गरेको जनाएको छ।

कर्फ्यु लागू भएपछि काभ्रे हुँदै चल्ने राजमार्गहरू पूर्णरूपमा बन्द भएका छन् । सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको छ ।


 

Share News