काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको घरमा पनि आगजनी भएको छ । जेनजी प्रदर्शनकारीले उनको घरमा आगजनी गरेका हुन् ।
अहिले प्रदर्शनकारी उनको घरको अगाडि प्रदर्शन गरिरहेका छन् । उनले सोमबार रातिमात्रै गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
उनले सोमबार भएको प्रदर्शनबाट १९ जनाको मृत्यु भएको र सयौं घाइते भएको भन्दै नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।