काठमाडौं । झापामा एमाले कार्यालयमा आगजनी गरिएको छ । झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् ।
हिजो पनि पार्टी कार्यालयमा तोडफोड भएको थियो । यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेलिएका छन् । प्रदर्शनकारीले पुष्पलालको सालिक तोडफोड गरेका छन् ।
कोशी प्रदेशका इटहरी, विराटनगर लगायत शहरमा बिहानैबाट आन्दोलन जारी छ ।