मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा, आगजानीको प्रयास


काठमाडौं । जनकपुरधाम स्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगा मुढा प्रहार भएको छ । आज बिहानै बाटै आन्दोलनमा होमिएका युवाहरूले मुख्यमन्त्री कार्यालयमा ढुंगा मुढा गरेका हुन् ।

कार्यालयभित्र प्रदर्शनकारीले आगो लगाउने प्रयास समेत गरेका छन्, तर सुरक्षा कडा भएकाले सम्भव भएको छैन । 

हिजो सोमबार जेन–जीेले सुरु गरेको आन्दोलनमा सयौं जना घाइते भएका छन् भने १९ जनाले ज्यान गुमाएका छन् । 

आज देशभर आन्दोलन जारी छ । देशका विभिन्न ठाउँको अवस्था आन्दोलनमय भइरहेको छ । 


 

Share News