काठमाडौं । जेनजी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । सुदूरपश्चिमका जेनजीले पनि आन्दोलन बढाएर सरकारी कार्यालय घेरिरहेका छन् ।
अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् । उनीहरूले सरकार विरुद्ध प्रदर्शन गरिरहेका छन् ।
मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले उच्च पदस्थ सुरक्षा निकायसँग छलफल गरेका थिए ।