जेनजीको टार्गेटमा भीआईपी नेता, घर-घरमा पुगेर तोडफोड

काठमाडौं । जेनजीको आन्दोलन भीआईपी नेता केन्द्रीत भएको छ । दोस्रो दिनको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित गरेका हुन् ।

मंगलबार बिहानै प्रदर्शनकारीहरु भीआईपी नेताको घर घेर्न पुगेका छन् । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगजनी नै भएको छ । 

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास अघि प्रदर्शन भइरहेको छ । 

देउवा निवास बुढानीलकण्ठस्थित देउवा चोकमा र प्रचण्ड निवास खुमलटारमा प्रदर्शन गरेका छन् । केही प्रदर्शनकारी देउवाको निवास बूढानीलकण्ठ पुग्दा प्रहरीले उनीहरुलाई रोकेको छ । उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको हो । 

Share News