सञ्चारमन्त्री गुरुङको घरमा आगजनी, आक्रामक बने जेनजी

काठमाडौं । सञ्चार सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।

जेनजीले मन्त्री गुरुङको घरमा आगजनी गरेका हुन् । 

प्रहरीका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् ।

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको बताइएकाे छ । 

Share News