नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छोरा फिर्ता दे भन्दै आफन्तको नारा

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा युवाहरू भेला हुन थालेका छन् । जेनजीको प्रदर्शनको दोस्रो दिन आज मंगलबार बिहानदेखि युवाहरू स्वःस्फूर्त भेला हुन थालेका हुन् । 

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन-जीको सोमबारको प्रदर्शनमा १९ जनाले ज्याम गुमाएका छन् भने ४ सय घाइते छन् । आधा दर्जन सञ्चारकर्मीलाई गोलि लागेको छ । तर, पनि नडराइ सडकमा उत्रिरहेका छन् ।

संसद भवन अगाडि साेमबार ज्यान गुमाएका युवाहरूको आफन्त आएर नारा जुलुस समेत गरिरहेका छन् । उनीहरुले छोरा फिर्ता दे भन्दै सरकार विरुद्ध नारा समेत लगाइरहेका छन् । 

Share News