बालेनले भने- साँच्चै नै बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भरौटेहरुको बा भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर बोलनले यस्तो आरोप लगाएका हुन् । 

प्रधानमन्त्री ओलीलाई नै इंगित गर्दै उनले कहिल्यै छोराछोरीका बुबा हुन नपाएकाले अरूका छोराछोरी मर्दाको पिडा थाहा नपाएको बताए । 

‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्,’ उनले लेखेका छन् । 

उनले अगाडि लेखेका छन्, ‘यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । तँ नेता त के मान्छे पनि बन्न सकेनस्, आतङ्कवादी होस् ।’ 

त्यसपछि ह्यासट्यागमा केपी ओली एज टेरोरिस्ट लेखेका छन् ।

Share News