१९ जनाको मृत्यु र सयौं घाइते भए पनि ओलीको आफ्नै अडान, सामाजिक सञ्जालको प्रतिबन्ध कायमै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै राखेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रतिबन्ध फुकुवा हुन आवश्यक नरहेको धारणा राखेको बुझिएको छ । 

प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न आवश्यक नरहेको धारणा बैठकमा राखेको एक मन्त्रीले बताए । 

ओलीले जेनजीको आन्दोलनमा घुसपैठ भएको भन्दै अराजकता मच्चाउन खोज्नेहरूको चाहना पूरा हुन नदिने धारणा राखेको पनि बुझिएको छ । 

प्रदर्शनमा १९ जनाको मृत्यु र सयौं जना घाइते हुँदा पनि ओलीकोे अडान भने कायमै छ । 
 

Share News