काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका हुन् ।
सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिने बताएका हुन् ।
अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सम्भवतः उनले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिन सक्नेछन् ।