काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचनाअनुसार प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ ।
ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना जनाको मृत्यु भएको हो ।
दर्जनौंको अवस्था गम्भीर रहेको छ भने सयौं बढी घाइते भएका छन् ।