दमकमा कजारियाको नयाँ अत्याधुनिक शोरूम उद्घाटन

दमक । टाइल ब्रान्ड कजारियाले झापाको दमक, बेलडाङी रोडमा नयाँ शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गरेको छ । न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्सद्वारा सञ्चालित यो शोरूमले उच्चस्तरीय टाइलको बढ्दो माग पूरा गर्ने र ग्राहकलाई डिजाइन केन्द्रित आधुनिक खरिद अनुभव उपलब्ध गराउने उद्देश्य लिएको छ ।

उद्घाटन समारोहमा दमक नगरपालिकाका मेयर रामकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कजारिया रमेश टाइल्सका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको उपस्थिति रहेको थियो । मेयर थापाले रिबन काट्दै शोरूमको औपचारिक उद्घाटन गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै मेयर थापाले नयाँ शोरूम सञ्चालनले दमकमा आन्तरिक सजावटका समाधानलाई नयाँ स्तरमा पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, 'यो शोरूम सञ्चालन गुणस्तर र डिजाइनले कसरी हाम्रो घर र समुदायलाई रूपान्तरण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हो ।'

त्यसैगरी, निर्देशक हिमांशु अग्रवालले कजारियाको ग्राहक–केन्द्रित दृष्टिकोणलाई जोड दिँदै भने, 'हाम्रो लक्ष्य अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु हो । यो शोरूमले दमकका ग्राहकलाई नवीन, टिकाउ र स्टाइलिश टाइलहरूको विस्तृत छनोटसँग प्रत्यक्ष जोड्नेछ ।'

Share News