काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै आकर्षक अफर घोषणा गरेको छ । ‘क्रोमसन दशैं–तिहारको ठूलो हर्ष’ नाम दिइएको यस योजनाअन्तर्गत क्रोमसनका उत्पादन खरिद गर्ने ग्राहकले उपहारसँगै पुरस्कार जित्ने अवसर पाउने भएका छन् ।
योजनाको मुख्य आकर्षणमा बम्पर लक्की ड्रमार्फत माइडिया ४८२ लिटर एसबीएस रेफ्रिजेरेटर, मन्थली लक्की ड्रमार्फत माइडिया १०० सिरिज ८ केजी वासिङ मेसिन, वीक्ली लक्की ड्रमार्फत क्रोमसन मिक्सर ग्राइन्डर उपलब्ध हुनेछन् । साथै, सजिलो इएमआई सुविधा, निःशुल्क डेलिभरी, निःशुल्क इन्स्टलेसन र प्रोडक्टअनुसार ६० महिनासम्मको वारन्टी जस्ता थप सुविधा पनि योजनामा समावेश गरिएको छ ।
ग्राहकले खरिदपछि उपलब्ध क्युआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेर योजनामा सहभागी हुन सक्नेछन् ।
क्रोमसन भारतको ८५ वर्षभन्दा पुरानो विश्वासिलो ब्रान्ड हो, जसले घरायसी विद्युत् उपकरण तथा होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ । नेपालमा यसका उत्पादन रिलायबल इन्टरनेशनल मार्फत वितरण हुँदै आएका छन् । उपभोक्तालाई विश्वस्तरीय ब्रान्ड सहज रुपमा उपलब्ध गराउँदै आएको कम्पनीले यस चाडपर्व घर–घरमा खुशी, सहजता र उत्कृष्टता पुर्याउने उद्देश्य लिएको छ ।