जेनजी प्रदर्शनीमा मृत्यु हुनेको संख्या ५ पुग्यो

ट्रमामा ५० बढी घाइते

काठमाडौं । जेनजी प्रदर्शनीमा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

प्रदर्शनमा दर्जनौंलाई गोली लागेको छ भने सयौं घाइते भएका छन् । मृतकको पहिचान हुन सकेको छैन ।

ट्रमामा ५० जना घाइतेहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरको अवस्था अस्तव्यस्त रहेको फिल्डमा खटिएकी विकासन्युजकी पत्रकार इन्द्रसरा खड्काले जानकारी दिइन् ।

उनका अनुसार इमर्जेन्सीमा निकै भीड रहेको छ । ओपीडी बन्द गरेर प्रदर्शनकारीको उपचार भइरहेको छ। 

Share News