कर्फ्यूमा खटिएका नेपाली सेनासँग सडकमा भिडन्त गर्दै जेनजी प्रदर्शनकारी

काठमाडौं । जेनजी प्रदर्शनकारीहरू नेपाली सेनासँग सडकमा भिडिरहेका छन् । विकासन्युजका संवाददाता नरेश बोहराले कर्फ्यूमा खटिएका नेपाल आर्मी (नेपाली सेना)सँग दोहोरो भीडन्त गरिरहेको जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश जारी लगत्तै नेपाल आर्मी सो क्षेत्रमा खटिएका छन् । तर, कर्फ्यूको बेवास्ता गर्दै प्रदर्शन जारी राखेपछि नेपाल आर्मी र जेनजी प्रदर्शनकारीहरू बीच भिडन्त जारी रहेको  बोहराले बताए । 

जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो । साथै प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको छ ।

जेनजीले प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् भने संसद भवनभित्र छिरेर आगजनी समेत गरेका छन् । 

Share News