काठमाडौं । जेनजी प्रदर्शनमा पत्रकारलाई पनि गोली लागेको छ । प्रदर्शन स्थलमा रहेका हाम्रा सम्वाददाताका अनुसार कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो ।
प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले टेलिभिजनको लाइभमा भनेका छन् ।