काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सोमबार भएको जेनजी प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ६ जनालाई गोली लागेको छ ।
त्यसैगरी दर्जनौं घाइते भएका छन् ।
प्रदर्शनकारीले संसद भवनमा आगो लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको हो ।
यसअघि प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् ।
जेनजीको प्रदर्शनले सरकार दबाबमा परेको छ ।