काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन गेट नजिक आगजनी गरेका छन् । प्रदर्शनकारीहरु उग्र बनेर आगजनी गरेका हुन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरे पनि सो क्षेत्रमा अहिले पनि प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा लगाएको आगो फैलिइरहेको छ । अहिलेसम्म त्यहाँ दमकल जान सकेकाे छैन ।