बिक्री घटे पनि मर्सिडिजले रणनीति नबदल्ने, चीनमा प्रिमियम दाउ कायमै

काठमाडौं । जर्मन लक्जरी अटोमेकर मर्सिडिज बेन्जले आफ्नो मुख्य बजार चीनमा पनि प्रिमियम रणनीति कायम राख्ने निर्णय गरेको छ । जहाँ कडा मूल्य प्रतिस्पर्धाले कम्पनीको बजार हिस्सा घटाएको छ र स्थानीय उपभोक्ताहरू क्रमशः सस्ता घरेलु मोडेलतर्फ मोडिरहेका छन् ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओला केलेनियसले म्युनिखमा हुने आईएए अटो शोअघि रोयटर्ससँग कुरा गर्दै आइतबार सार्वजनिक गरिएको नयाँ इलेक्ट्रिक जीएलसी एसयूभीले विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनमा कम्पनीले गुमाएको स्थान पुनः प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

पोर्शेजस्तै मर्सिडिज–बेन्जले पनि चीनमा बजार हिस्साभन्दा नाफा सुरक्षित गर्नेतर्फ ध्यान दिएको छ । सन् २०२५ को दोस्रो त्रैमासमा कम्पनीको गाडी बिक्री १९ प्रतिशत घटेर १ लाख ४० हजार ४०० मा झरेको छ ।

केलेनियसका अनुसार कम्पनीले चीनमा आफ्नो रणनीति परिवर्तन गर्ने छैन र प्रिमियम दृष्टिकोणलाई निरन्तरता दिनेछ ।

मर्सिडिज–बेन्ज र अन्य युरोपेली प्रतिस्पर्धीहरूले हाल अमेरिकी अटो आयात शुल्क २७.५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइने आशा गरिरहेका छन्, जुन वाशिङ्टनले युरोपेली संघसँगको सहमतिअनुसार अमेरिकी सामानमा कर कटौती गर्ने वाचा गरेको छ ।

‘युरोपियन कमिसन र उनीहरूको व्यापार टोली यसबारे अमेरिकी प्रशासनसँग काम गरिरहेका छन्,’ केलेनियसले भने । र उनले अमेरिकी प्रशासनले चाँडै नै कार्यकारी आदेशमा हस्ताक्षर गरेर कर घटाउने आशा व्यक्त गरे।

करहरूले हालसम्म समूहको परिणाममा कस्तो वित्तीय असर पारेका छन् भन्ने उनले ठ्याक्कै खुलाएनन् । 

सान्दर्भिक सामग्री :

इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज

युरोपेली बजारमा चिनियाँ इलेक्ट्रिक कारहरूको आक्रामक प्रवेश

विश्वकै ठूलो ईभी निर्माता बीवाईडीको नाफा घट्दै, उत्पादन विस्तार योजनामा ढिलाइ

पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत

Share News