उग्र बन्यो जेनजी प्रदर्शन : निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ लम्किए, लाठी र अश्रुग्यास प्रहार

काठमाडौं । सोमबार सुरु भएको जेनजी प्रदर्शन उग्र बनेको छ । सुरुमा शान्तिपूर्ण भएको प्रदर्शन अहिले उग्र बनेको हो । प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेका छन् । 

उनीहरुले प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको छ । संसद भवनतर्फ जाने प्रयास गरेका केही युवाहरूलाई प्रहरीले लाठी प्रहार गरेका छन् । प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा पनि प्रदर्शनकारी अगाडि बढेका छन् । 

भ्रष्टाचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् ।

Share News