शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियान अन्तर्गत तेस्रो भिडियो सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्टले लोकप्रिय क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गत तेस्रो भिडियो सार्वजनिक गरेको छ।

नवीनतम भिडियोमा हाम्रो जीवनको प्रत्येक सेकेन्डको महत्वलाई देखाइएको छ । दुई साथीको कथामार्फत प्रस्तुत भिडियोमा एक जना यात्रु समयमै विमानस्थल पुग्छन् भने अर्कोले उडान ढिलाइ हुने आशंकामा घरमै बस्छन् । तर, जहाज समयमै उड्दा उसले आफ्नो अवसर गुमाउँछ । यसरी, 'समयको मामलामा नो कम्प्रमाइज' भन्ने सशक्त सन्देश भिडियोमार्फत दर्शाइएको छ ।

यसअघि, क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत 'कर्तव्यको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश दिइएको थियो । दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामार्फत 'सर्तकताको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश प्रस्तुत गरिएको थियो। यी दुवै सामग्रीलाई दर्शकले अत्यधिक रुचाएका थिए ।

शिवम् सिमेन्टका अनुसार, यो अभियान केवल विज्ञापन नभई समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । कम्पनीले 'नो कम्प्रमाइज भन्न जति सजिलो छ, व्यवहारमा पुरा गर्न त्यति नै गाह्रो हुन्छ । तर जसले पुरा गर्छ, उसको शिर सधैं ठाडो हुन्छ' भन्ने सन्देशमार्फत आफ्ना उत्पादनमा गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीतिलाई झनै स्पष्ट पारेको छ ।

Share News