४५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  ४५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ (साविक माङ्खा–८) घर भई हाल काठमाडौं महानगरपालिका–१३, ताहाचल बस्दै आएका ७० वर्षीय तिमल्सिनालाई प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा आइतबार पक्राउ गरेको हो ।

सिन्धुपाल्चोककै साविक माङ्खा गाउँ विकास समिति( ७ मा २०३७ साल कात्तिक ७ गते जितबहादुर तामाङलाई आँखामा खुर्सानीको धुलो छर्की कुटपिट तथा खुकुरी प्रहार गरी हत्या गर्ने घटनामा संलग्न जीवनाथ तिमल्सिना पक्राउ परेका हुन् ।

उक्त घटनामा अदालतले तिमिल्सिनालाई २० वर्ष कैद सजाय तोकेको थियो । 

लामो समयदेखि फैसला कार्यान्वयनबाट पन्छिँदै आएका तिमल्सिनालाई प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरेको छ ।
 

Share News