बुटवल । प्रोटोन नेपालले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ को लोकप्रियता नयाँ स्तरमा पुर्याएको छ । कम्पनीले बुटवलमा आफ्नो शो–रुम औपचारिक रूपमा उद्घाटन गर्नुअघि नै १० युनिट इमास ७ ग्राहकलाई हस्तान्तरण गरेको हो ।
यो शोरुम बुटवल–भैरहवा क्षेत्रका लागि बालाजी ई अटोमोबाइल्ससँग साझेदारीमा सञ्चालनमा आउनेछ ।यसअघि पोखरामा सामूहिक हस्तान्तरण सम्पन्न गरेको प्रोटोनले बुटवलमा गरेको हस्तान्तरणले पनि नेपालभर आफ्ना ग्राहकबीच इमास ७ को विश्वास र लोकप्रियता बढ्दो अवस्थामा रहेको स्पष्ट देखाएको छ ।
नेपालमा प्रोटोनका आधिकारिक वितरक जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले शोरुम उद्घाटनअघि नै १० परिवारले आफ्नो इमास ७ घर लैजानु कम्पनीका लागि गौरवको विषय भएको बताए । उनले नेपाली ग्राहकहरूले विश्वस्तरीय प्रविधि, सुरक्षा र सुविधासहितको सवारी साधनलाई प्राथमिकता दिइरहेको प्रष्ट भएको उल्लेख गरे ।
ग्राहकलाई आकर्षित गर्न प्रोटोनले शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा सञ्जालजस्ता अफरहरू उपलब्ध गराएको छ । चीनको अग्रणी ईभी निर्माता जिलीको संयोजनमा बनेको प्रोटोन इमास ७ ले आधुनिक डिजाइन, स्मार्ट सुविधा र उच्चस्तरीय सुरक्षा संयोजन गर्दै नेपालका ईभी पारखीहरूबीच उत्तम विकल्प बनेको कम्पनीले जनाएको छ ।