ललितपुरको कुपण्डोलमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले ललितपुरमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ । 

ललितपुरको कानदेउतास्थान, कुपण्डोलस्थित सेरामिक सन्सार प्रालिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो । 

null

शुक्रबार आयोजित औपचारिक समारोहमा सेरामिक सन्सार प्रालिका सन्चालकद्वय कृष्ण कोइराला र टेकबहादुर टमाटा र लेमिनार टायल्सका निर्देशक आशुतोश खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै निर्देशक आशुतोश खेतानज्युले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्स भन्दा बढी रहेको र लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। 

बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ । 

null

कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ । 

यी टायल्सहरू पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन् ।

Share News