इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट शोरुम, टेस्ट ड्राइभ र एक्सचेन्ज पनि सुरु

काठमाडौं ।  नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले कोशी प्रदेशको महत्त्वपूर्ण बजार इटहरीमा नयाँ स्टेट अफ आर्ट शोरुमको उद्घाटन गरेको छ । 

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीको डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रुपमा अत्याधुनिक सोरुमको उद्घाटन गरे ।

null

यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज पनि सुरु भएको छ । 

भाद्र २० देखि २३ गतेसम्म चल्ने कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताइ रहेको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिने छ । 

भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रूपमा चर्चित दिपल एस ०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ । 

nullयो एक्सचेन्जमा ग्राहकले चारवटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउने कम्पनीले जनाएको छ । 

यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिने जनाइएको छ ।

शुक्रबार इटहरीमा सार्वजनिक भएको दिपल एस ०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो । 

 

Share News