काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘प्रि–फेस्टिभ फियस्टा’ कार्यक्रम सुरु गरेको छ।
यो कार्यक्रम भदौ २० र २१ मा सञ्चालन हुने सिप्रदी ट्रेडिङले जनाएको छ ।
यस अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक र आईसीई मोडलका गाडीहरू एकैसाथ अवलोकन गर्ने, टेस्ट ड्राइभ गर्ने र आकर्षक अफरसहित बुकिङ गर्ने सुविधा पाउनेछन् ।
प्रदर्शनीमा टियागो ईभी, पञ्च ईभी, नेक्सन के ३ ईभी, कर्भ ईभी लगायत लोकप्रिय ईभी मोडलहरू प्रस्तुत गरिएका छन् ।
त्यस्तै, टियागो, पञ्च, नेक्सन र टाटा सफारी जस्ता आईसिई मोडलहरू पनि राखिएको छ ।
ग्राहकलाई थप आकर्षित गर्न टाटा मोटर्सले विशेष सुविधाहरूसमेत घोषणा गरेको छ।
तीमध्ये लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, फ्री कम्प्रहेन्सिभ अटो प्लस इन्स्योरेन्स, फ्री एक्सेसोरिज, एक वर्षको निःशुल्क वार्षिक सवारी कर तथा फ्रि होम चार्जिङ इन्स्टलेसन प्रमुख रहेका छन् ।
कम्पनीले यो कार्यक्रमलाई केवल अफर र आर्थिक सुविधा उपलब्ध गराउने माध्यम मात्र नभई, ग्राहकलाई चाडपर्वको उत्साहसँग जोड्ने प्रयासको रूपमा लिएको छ । कार्यक्रम टाटाको नेपालभरिका शो–रुममार्फत सञ्चालन भइरहेको हो ।
