दशैं–तिहारमा सीजी इलेक्ट्रोनिक्सको अफर, १ लाख ८१ हजारसम्म क्यासब्याक र उपहार

काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैं, तिहार र छठको अवसरमा सीजी इलेक्ट्रोनिक्सले नयाँ योजना सार्वजनिक गरेको छ । 'भित्र्याऔँ खुशी र समृद्धि – लेभल अप विथ सीजी' नाम दिइएको यस अभियानअन्तर्गत ग्राहकले विभिन्न उत्पादनमा आकर्षक क्यासब्याक, उपहार र थप सुविधाहरू पाउनेछन् ।

यस योजनाअन्तर्गत अत्याधुनिक सीजी तथा सीजी मेरीडिया सिग्नेचर सिरिजका उत्पादनमा १ लाख ८१ हजार ९ सय रुपैयाँसम्मको क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, उत्पादनअनुसार विशेष उपहारहरू पनि पाउन सकिनेछन् । माइक्रोवेभ ओभन खरिदमा निःशुल्क कुकिङ किट, सेमी अटोमेटिक र टप लोड वाशिङ मेसिनमा ३ केजी एरियल, फ्रन्ट लोड वाशिङ मेसिनमा ६ केजी एरियल, डिस्वाशरमा डिस्वाशर ट्याब्लेट र एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन सुविधा पाइनेछ ।

त्यस्तै, ४३ इन्च वा सोभन्दा माथिका सीजी र सीजी मेरीडिया टिभी खरिद गर्दा ९ महिनाको नेटटीभी सब्सक्रिप्सन निःशुल्क उपलब्ध हुनेछ । ग्राहकले आफ्ना पुराना उपकरण सीजी एक्स–इलेक्समार्फत उचित मूल्यमा एक्सचेन्ज गर्न सक्नेछन् । साथै, नागरिकता भएमा ० प्रतिशत ब्याजदरमा सजिलो इएमआइ सुविधा पनि पाउन सकिनेछ ।

सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधि अनुसार, दशैं–तिहार नेपालीहरूको मात्र पर्व नभई खुशी र समृद्धिको प्रतीक भएकाले यस अभियानमार्फत नेपाली परिवारको जीवनस्तरलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको हो ।

४० वर्षभन्दा बढी समयदेखि उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रमा अग्रणी सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन र सेवा मार्फत लाखौं ग्राहकको विश्वास जितेको छ । देशभर २० वटा आधुनिक शोरुम, २५ वटा आफ्नै सेवा केन्द्र र १५ वटा फ्रेन्चाइज सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा दिँदै आएको कम्पनीले आफ्नो सञ्जाललाई गुणस्तर र विश्वासको प्रतीक बनाएको छ ।

यो अफर भदौ १८ गतेदेखि नेपालभरका सबै सीजी शोरुम र अधिकृत बिक्रेतामार्फत सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।

Share News