काठमाडौं । कजारिया टायल्सले ‘कजारियासँगै गृहप्रवेश, घुमौं देशविदेश’ नामक नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ ।
यस चाडपर्वको अवसरमा ग्राहकहरूले दैनिक लक्की ड्रमार्फत आकर्षक बोट्स स्मार्टवाच र सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज जित्ने मौका पाउनेछन् ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकले आधिकारिक डिलरबाट कम्तीमा एक हजार वर्गफिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ । त्यसभन्दा बढी टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रमार्फत स्मार्टवाच जित्न योग्य हुने कम्पनीले जनाएको छ ।
कजारिया टायल्सले घर सजावटलाई मध्यनजर गरी यो योजना ल्याएको हो ।
योजना कात्तिक १५ सम्म लागू हुने छ र यस अवधिमा गरिएका सबै खरिद यस योजनामा स्वतः सहभागी हुनेछन् ।