सवा ४ करोड नगद र ९ किलो सुन बरामद

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोङ्गबु स्थित टाउन प्लानिङबाट ४ करोड २५ लाख ५० हजार रूपैयाँ नगद, ९ किलो ८३७.९६ ग्राम सुन र ३ किलो २१८.४९२ ग्राम चाँदी बरामद गरेको छ ।

गोर्खा जिल्ला गोर्खा नगरपालिका-६ गोर्खा बसपार्क घर भई हाल काठमाडौं महानगरपालिका-२६ सामाकोसी गोङ्गबु क्षेत्र बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको सम्पत्ति बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहोराले जानकारी दिए । 

उनले भने, ‘श्रेष्ठको घरमा स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको सुन र चाँदीको गरगहना छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा नगद र सुनचाँदी बरामद गरिएको हो ।’

Share News