कजारिया टायल्सको नयाँ शोरुम जोरपाटीमा

काठमाडौं । कजारिया टायल्सले काठमाडौंको जोरपाटीमा नयाँ शोरुमा खोलेको छ । 

कजारियाले जीएनएस ट्रेडर्सको सहकार्यमा शोरुम सञ्चालन गरी काठमाडौंमा आफ्नो उपस्थिति झन् मजबुत बनाएको हो ।

नेपाली कांग्रेसका सांसद सन्तोष चासिलेले शोरुम उद्घाटन गरे । 

उद्घाटन समारोहमा रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

कम्पनीले देशभरका ४५ भन्दा बढी शोरुम र एक सय बढी डिलरमार्फत उच्च गुणस्तरका टायल बेच्दै आएको छ। 

Share News