काठमाडौं । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
मंगलबार भएको सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्यनारायण झा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिषनारायण जोशीले हस्ताक्षर गरे ।
दुग्ध तथा दुग्ध जन्य पदार्थजस्तै दही, घ्यू, चकलेट र पनिर लगायतका अन्य उत्पादन र प्याकेजिङ गर्ने उद्देश्यका साथ कम्पनी स्थापना भएको हो ।
स्वदेशी उत्पादनको माध्यमबाट देशलाई दुग्ध तथा दुग्ध जन्य पदार्थमा आत्मनिर्भर बनाउने र उपभोक्ताहरूका लागि ुगोठदेखि भान्सासम्मु भन्ने मूल नाराका साथ शुद्ध दुग्ध तथा दुग्ध जन्य परिकारहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ यो कम्पनी स्थापित भएको हो ।