काठमाडौं । मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार प्रतितोला ६०० रुपैयाँले बढी सुनको मूल्य २ लाख पाँच हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला २ लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएकाे थियो ।
यसैगरी, मंगलबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सोमबार प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १५ रुपैयाँले बढ्दै दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।