एशियन थाई फुड्सले ल्यायो 'डेभील्स हट चिकेन नुडल्स'

काठमाडौं । पाँच वर्षदेखि लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता तथा २५ वर्षको सफल इतिहास बोकेको एशियन थाई फुड्सले नयाँ उत्पादन 'डेभील्स हट चिकेन नुडल्स' सार्वजनिक गरेको छ ।

३० भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको कम्पनीले मसालाको सन्तुलन र स्वाद खोज्ने उपभोक्तालाई लक्षित गरी भदौ १६ गतेदेखि देशभर उपलब्ध हुने गरी यो नयाँ नुडल्स बजारमा ल्याएको हो ।

'नेपालकै सबैभन्दा मिठो स्वादा, यो डेभिलीसिअस छ' भन्ने ट्यागलाइनसहित सार्वजनिक गरिएको नुडल्सले उपभोक्तालाई सन्तुलित मसालेदार स्वादको नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।

कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक आशिष जाजुले यो साधारण तत्कालीन नुडल्स मात्र नभई स्वाद खोज्ने साहसी उपभोक्ताका लागि यो एक रोमाञ्चक स्वाद चुनौती पनि रहेको बताए ।

व्यवस्थापकीय निर्देशक महेश जाजुले निजी लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा रूपान्तरण  भएको र आगामी आईपीओ तयारीको क्रममा रहेको जानकारी दिए ।

null

कम्पनीका अनुसार ५० रुपैयाँमा उपलब्ध यो नुडल्सको पाँच प्याकको फ्यामिली प्याक २५० मा पाइनेछ । प्रत्येक प्याकमा चकलेट वेफर समेत थपिएको छ, जसले तातो स्वादपछि मिठासको अनुभव दिनेछ ।

null

यो उत्पादन भाटभटेनीलगायत प्रमुख खुद्रा पसलहरूमा तथा दराजजस्ता अनलाइन प्लेटफर्ममार्फत नेपालका ठूला सहरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

null

Share News