सिक्लेस हाइड्रोको ७३ लाख ८४ हजार कित्ता सेयरको लकइन असोज १० गते सकिने

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको सेयरको लकइन अवधि एक महिनापछि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि असोज १० गते समाप्त हुने भएको हो । 

कम्पनीका अनुसार संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीहरूको गरी कुल ७३ लाख ८४ हजार ५ सय कित्ता सेयरको लइकन सकिन लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीको ६५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ८ लाख ५० हजार कित्ता र कम्पनीका कर्मचारीको ३४ हजार ५ सय कित्ता सेयर लइकन सकिने कम्पनीले जनाएको छ

सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरुको हकमा भने खरिद बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ । 

आईपीओ बिक्री गरेर सेयर बाँडफाँडपश्चात् ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याएको सेयर लक इनमा राख्नु पर्ने नेपाल धितोपत्र बोर्डले व्यवस्था गरेको छ । 

Share News