तेह्रथुम पावरको सेयर कटअप मूल्य ३२५ रुपैयाँ निर्धारण, १२ गतेदेखि रकम फिर्ता

काठमाडौं । तेह्रथुम पावर कम्पनीको सेयरको कटअप मूल्य निर्धारण गरिएको छ । कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ निर्धारण भएको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार तेह्रथुमको सर्वसाधारण समूहको सेयरको कटअफ मूल्य ३२५ रुपैयाँ कायम भएको छ ।

तेह्रथुम पावरले असार १६ गतेदेखि साउन ११ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ४ लाख १८ हजार ७३८ कित्ता सेयर गत साउन २७ गतेदेखि भदौ ३ गतेसम्म लिलामीमा बिक्री गरेको थियो ।

कम्पनीको उक्त सेयर खरिदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरुको प्रशोधन गरि निष्काशनकर्ता कम्पनीले भदौ १० गते बाँडफाँड गरिएको जनाएको छ । ​​​​​​

कटअफ मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । बाँडफाँडको विवरण बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ ।

बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी भदौ १२ गतेदेखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । 

Share News