करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा विस्तार

काठमाडौं । करेन्ट नुडल्सका उत्पादक यसोदा फुड्स प्रालिले लोकप्रिय आउटलेट ’करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ।

बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटले पाएको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, यसोदा फुड्सले हरितालिका तीजको अवसर पारेर नयाँ शाखा सुरु गरेको हो ।

नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकार उपलब्ध हुनेछन् । विशेषगरी नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स, र चिज पकेट जस्ता नयाँ र आकर्षक परिकारको स्वाद लिन सकिने कम्पनीले जनाएको छ । साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसार मसला र स्वाद रोज्न सक्ने सुविधा पनि पाउनेछन् ।

उद्घाटन समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले करेन्ट पोइन्टले बुटवल र अनामनगरमा पाएको अपार माया र सफलताले आफूहरूलाई काठमाडौंमा थप विस्तार गर्न प्रेरित गरेको बताए । उनले भने, 'काठमाडौंका नुडल्स पारखी, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेका लागि शंखमूललाई नयाँ गन्तव्य बनाउन हाम्रो लक्ष्य हो । यो नयाँ यात्राले उपभोक्ताको स्वादलाई अझ उचाइमा पुर्याउने अपेक्षा राखेका छौं ।'

त्यस्तै, यसोदा फुड्सका ग्लोबल सिइओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्सबारे विस्तृत जानकारी प्रस्तुत गरे ।   

Share News