काठमाडौं । सागर डिष्टिलरीको आईपीओ बाँडफाँड गरिएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर भदौ ६ गतेका दिन बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
कम्पनीले साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४५ हजार २ सय कित्ता सेयर बिक्री गरेको थियो । उक्त सेयर खरिदका लागि आवेदन दिएका १४ हजार ५२० जनालाई सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओको नजिता बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेवसाइट, सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरेको आईपीओ रिजल्ट र मेरो सेयर मार्फत हेर्न सकिने जनाएको छ ।