उदयपुर जिल्लाका विद्यालयमा शौर्य सिमेन्टले गर्यो शैक्षिक सामग्री वितरण

काठमाडौं । शौर्य सिमेन्टले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उदयपुर जिल्लाका विद्यालयहरूमा शैक्षिक सामग्रीहरू वितरण गरेको छ । 

शिक्षा क्षेत्रको सशक्तिकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरूलाई कापी, कलम, झोला, पेनका साथै विद्यालयहरूलाई डस्टबिन, वाटर फिल्टर, जग, पाठ्यपुस्तक लगायत आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएको हो ।

श्री रुपैरानी आधारभूत विद्यालय, जनता आवासीय विद्यालय, वीरेन्द्र आवासीय विद्यालय, श्री आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

यस अभियानमार्फत कुल ४५० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

वितरण कार्यक्रममा  विद्यालयका प्राचार्य, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा शौर्य सिमेन्टको खानी तथा ब्राण्ड टीमको उपस्थिति रहेको थियो ।

यसअघि पनि शौर्य सिमेन्टले कटारी नगरपालिका–७, मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयको उद्घाटन कार्यक्रममा शैक्षिक सामग्री वितरण गरेको थियो ।

शौर्य सिमेन्टले निरन्तर रूपमा शिक्षा, स्वास्थ्य, संस्कृति तथा सामुदायिक विकासमा विभिन्न सामाजिक उत्तरदायित्व  गतिविधिहरू सञ्चालन गर्दै आएको छ । 

Share News