काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित भएका छ ।
सभाको शुक्रवारको बैठकबाट विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।
विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयकले नेपालको पूर्वाधार विकाका लागि नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे ।
विधेयकले ऐनको रूप लिएसँगै आवश्यक कार्यान्वयन गर्ने सोचका साथ सरकार तयारी अवस्थामा रहेको पनि उनले जिकिर गरे ।
अब कुनै पनि विकासका आयोजनाहरू स्रोतको अभावमा नरोकिने उनको दाबी छ ।
निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा आकर्षित गर्न र वर्तमान वित्तीय स्रोतको कमी पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाई मुलुकको समग्र आर्थिक विकासका लागि स्रोतको प्रबन्ध गर्न विधेयक ल्याइएको अर्थमन्त्री पौडेलको भनाइ छ ।
ऋणपत्र, स्वपूँजी कोष र अन्य वित्तीय उपकरणमार्फत वैकल्पिक विकास वित्त परिचालन गर्नको लागि आवश्यक भएकोले यो विधेयक ल्याइएको उनले बताए ।