डिशहोमको कुशे औंसी अफर सार्वजनिक

काठमाडौं । डिशहोमले कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारी ग्राहकहरूका लागि अफर ल्याएको छ । 

अफरअन्तर्गत अब वार्षिक नयाँ इन्टरनेट (एमबीपीएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ पर्ने फोर-के स्ट्रीमर उपहार स्वरूप दिनेछ ।

यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ । 

ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर उपहार लिनसक्ने डिसहोमले जनाएको छ ।

Share News