काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २७७७ बिन्दुमा झरेको छ ।
आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छ ।
बुधबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, हिमालयन रिइन्स्योरेन्सको २१ करोड, चन्द्रागिरी हिल्सको १९ करोड, युनाइटेड मोदीको १२ करोड ५५ लाख र राधी विद्युतको १२ करोड र २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बुधबार होटल तथा पर्यटन समूह सबैभन्दा २.०३ प्रतिशत बढेको छ भने व्यापार सबैभन्दा धेरै १.०६ प्रतिशतले घटेको छ । बाँकी सबै समूहको गिरावट दर १ प्रतिशत मुनि रहेको छ । बैंकिङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशतले घटेका छन् ।