काठमाडौंमा बसभित्रै महिलाको सिक्री लुटपाट

काठमाडौं । चक्रपथमा चल्ने महानगर यातायातको बसभित्रै एक महिलाको सिक्री लुटपाट भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार चाबहिलस्थित ओम अस्पताल अगाडिबाट बस चढेकी एक महिलाको सिक्री माछापोखरी पुग्दा लुटिएको हो ।

करीब २० वर्षकी ती महिला र उनका बाबुसँगै बस चढेका ४–५ जनाको समूहले आधा तोलाको सिक्री लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न व्यक्तिहरूको हुलिया पहिचान भइसकेको भए पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।

घटनापछि प्रहरीले बालाजु वृत्तबाट १० जना प्रहरी तथा सादा पोशाकमा खटिने सेफ्टी पिन टोली घटनास्थलमा परिचालन गरेको जनाएको छ ।

Share News