काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तीजको दर खाने कार्यक्रम आयोजना गरेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार उनले भदौ ६ गते बेलुका आफ्नै निजी निवासमा तीजको दर खाने कार्यक्रम आयोजना गरेकी हुन् ।
विगतमा राष्ट्रपति पदमा रहँदा पनि भण्डारीले शीतल निवासमा नेकपा एमाले सम्बद्ध महिला नेतृहरूलाई तीजको दर खुवाउने गरेकी थिइन् ।
सचिवालयका अनुसार यसपटक एमालेसहित अन्य दलका महिला नेतृहरूलाई पनि दर खान निमन्त्रणा पठाइसकिएको छ ।